मनोरञ्जन

पल प्रकरण : नाबालिग पछि उनका बुवाले पनि बयान फेरे

४ बैशाख २०७९, आईतवार १४:५५
पल प्रकरण : नाबालिग पछि उनका बुवाले पनि बयान फेरे

४ वैशाख, काठमाडौं। अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनाको बकपत्र गर्ने क्रममा पीडित पक्षले बयान फेरेका छन्।

बलात्कार घटनाको बकपत्र गर्ने क्रममा उनले बयान फेरेका हुन् । जिल्ला अदालत तनहुँमा आइतबार बकपत्र गराउँदा उनले दबाब र प्रभावमा परेर जाहेरी दिएको बताएका छन् ।

अब नाबालिग नै होस्टाइल बन्ने संकेत देखिएको छ,’ स्रोतले भन्यो, ‘पीडित बालिकाको पीडित बाबुले पनि बयान फेरेका छन् ।’ बलात्कारको मुद्धामा पीडितले बयान फेरेको अवस्थामा अदालतले ६ वर्षसम्म कैद गर्ने कानूनी व्यवस्था छ ।

जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका लागि थुनामा छन् । अदालतले आज पीडित र साक्षीको बकपत्र लिएको छ । गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएपछि तनहुँ अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्