राजनीति

राप्रपा नेपालका अध्यक्षको घरमा तोडफोड

४ बैशाख २०७९, आईतवार ०४:४३
राप्रपा नेपालका अध्यक्षको घरमा तोडफोड

४ वैशाख, चितवन। राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । भरतपुर महानगरपालिका–५ स्थित खरालको निवासमा तोडफोड भएको जनाइएको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले चितवन अध्यक्ष खरालको घरमा आक्रमण भएको जानकारी दिए। अध्यक्ष खरालको घरमा आक्रमण गर्नेलाई स्थानीय प्रशासनले तत्काल छानबिन गरि दोषीमाथि कडा कारबाहीको उनले माग गरे।

साथै अध्यक्ष खरालको घरमा आक्रमण गर्नेलाई स्थानीय प्रशासनले पहिचान गरी कानूनअनुसार कारबाहीको दायरामा ल्याउन पनि उनले माग गरेका छन्।

उनले राजनीतिक प्रतिशोधका कारण आक्रमण भएको भए त्यो अक्षम्य हुने प्रतिक्रिया दिएका छन्। अध्यक्ष खरालको घरका सीसा फुटेका छन्।

प्रतिक्रिया दिनुहोस्