समाचार

मौसम पुर्वानुमान: पहाडी भू-भागमा आंशिक बदली

४ बैशाख २०७९, आईतवार ०१:५३
मौसम पुर्वानुमान: पहाडी भू-भागमा आंशिक बदली

४ वैशाख, काठमाडौँ। अहिले नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसमविद्ले बताएका छन् । देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज राति पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।

आइतबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सोमबार भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया दिनुहोस्