समाचार

सबै पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने भए कांग्रेस र जसपाको निर्णय

३ बैशाख २०७९, शनिबार १५:५१
सबै पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने भए कांग्रेस र जसपाको निर्णय

३ वैशाख, काठमाडौं।नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार काठमाडौंमा तालमेल भइसकेकाले सबैलाई मिलाएर जाने बताइरहँदा पर्सामा पाँच दलीय गठबन्धन फुटेको छ।

केन्द्रले गठबन्धन गर्ने निर्णय गरे पनि अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेस र जसपाले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन्।

पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज, ३ वटा नगरपालिका र १० वटा गाउँपालिका छन्। जसपा र कांग्रेस दुबैले वीरगन्ज महानगरपालिकामा मेयर पाउनुपर्ने अडान लिएपछि गठबन्धन गर्न सकस भएको थियो।

कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपाका पर्सा अध्यक्ष रामनरेश यादवबीच आसन्न निर्वाचनमा जिल्लाका १४ वटै पालिकामा मित्रवत प्रतिस्पर्धामा जाने सहमतिमा हस्ताक्षर भएको छ।

अलग अलग चुनावमा जाने यो सहमतिपत्रमा कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह नेपाली र जनता समाजवादी पर्साका अध्यक्ष रामनरेशप्रसाद यादवले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्