समाचार

राप्रपा नेपालसँगको तालमेलप्रति रावल असन्तुष्ट

२ बैशाख २०७९, शुक्रबार ०३:२९
राप्रपा नेपालसँगको तालमेलप्रति रावल असन्तुष्ट

२ वैशाख, काठमाडौं । एमाले नेता भीम रावलले पार्टीले राप्रपा नेपालसँग गरेको चुनावी तालमेल सम्झौताप्रति असन्तुष्टि जनाएका छन् ।

३० वैशाखको स्थानीय तहको निर्वाचनमा राप्रपा नेपाल र राष्ट्रिय परिवार दलले सूर्य चिह्न लिएर निर्वाचन लड्ने विषयमा एमालेसँग बुधबार भएको सम्झौताप्रति नेता रावलले असन्तुष्टि जनाएका हुन् ।

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनुनपर्ने रे ! के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र ?’ नेता रावलले बिहीबार ट्विटमार्फत भनेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिए जस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र !’ बुधबार एमालेले राप्रपा नेपाल र राष्ट्रिय परिवार दललाई सूर्य चिह्न दिएर आसन्न निर्वाचनमा तालमेल गर्ने सम्झौता गरेको थियो । सम्झौताअनुसार दुवै दलका उम्मेदवार एमालेको सूर्य चिह्नबाट स्थानीय निर्वाचनमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्