समाचार

उपाध्यक्षसहितका नेताहरू माओवादी त्यागेर एमालेमा प्रवेश

१ बैशाख २०७९, बिहीबार १२:०४
उपाध्यक्षसहितका नेताहरू माओवादी त्यागेर एमालेमा प्रवेश

१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट गाउँपालिकामा निर्वाचित एकजना उपाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, अछाम जिल्ला सहइन्चार्ज तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बान्नीगढी जयगढ गाउँपालिकामा बिहीबार कार्यक्रमबीच उपाध्यक्ष साउदसहित नेताहरू नेकपा एमालेमा प्रवेश गरेका हुन्।  उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज झपट बहादुर बोहराले पार्टीमा स्वागत गरे।

प्रतिक्रिया दिनुहोस्