राजनीति

सबै स्थानीय तहमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

१ बैशाख २०७९, बिहीबार ०५:०८
सबै स्थानीय तहमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

१ वैशाख, पर्सा । नेपाली कांग्रेस पर्साले वीरगञ्ज महानगरपालिका सहित सबै स्थानीय तहमा गठबन्धन नगर्ने निर्णय गरेको छ।

कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा बसेको बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको प्रवक्ता रमेश पाण्डेयले बताए।

“जिल्लाका प्रमुख नेताहरूको समेत उपस्थितीमा बसेको जिल्ला कार्यसमितिको बृहत्तर बैठकले जिल्लामा रहेको वीरगन्ज महानगरपालिका, तीन वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १४ वटै पालिकामा नेपाली कांग्रेसले आसन्न निर्वाचनमा अन्य दलसंग गठबन्धन नगर्ने निर्णय भएको छ,” प्रवक्ता पाण्डेयले भने।

यहि निर्णय केन्द्रलाई पठाउन तय भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्