समाचार

माओवादीका वीरगञ्ज महानगर अध्यक्षलाई साधारण सदस्यबाट निष्कासित

३० चैत्र २०७८, बुधबार १५:४८
माओवादीका वीरगञ्ज महानगर अध्यक्षलाई साधारण सदस्यबाट निष्कासित

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष रहबर अन्सारीसहित तीन जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

वीरगन्जबाट माओवादीको मेयर उम्मेदवार बनिसकेका र अहिले पनि मेयरका दाबेदार अन्सारीलाई पार्टी कार्यालय तोडफोड गरेको अभियोगमा पर्सा जिल्ला समन्वय समितिले बुधवार साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ ।

माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहाले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् । पार्टीको कार्यालय तोडफोड गरि जिल्लाका जिम्मेवार नेतृत्वमाथि गाली गलौज गरेको र पार्टीलाई बदनाम गराउने कार्य उनीहरुले गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्