राजनीति

गठबन्धन नस्वीकार्ने कांग्रेस नेताहरुको घोषणा

३० चैत्र २०७८, बुधबार १२:३७
गठबन्धन नस्वीकार्ने कांग्रेस नेताहरुको घोषणा

३० चैत, वीरगञ्ज । नेपाली कांग्रेस पर्साका केही नेताहरुले स्थानीय तह चुनावमा गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका छन् ।

नेपाली कांग्रेस वीरगञ्ज महानगर समिति सभापति मनिन्द्रलाल श्रेष्ठ (नेपाली), क्षेत्र नं. १ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेश सभा क्षेत्र नं. १ को र २ को (क) र (ख ) का क्षेत्रीय सभापतिहरुले गठबन्धन अस्वीकार गर्ने बताएका हुन् ।

‘साथीहरुको भावना विपरीत निर्वाचनमा समाहित भए पार्टीप्रति ठूलो घात हुने देखिन्छ’, उनीहरुले भनेका छन्, ‘पर्सामा कुनै पनि गठबन्धन स्वीकार नरहेको जानकारी हामी यही विज्ञप्तिमार्फत पार्टी केन्द्रीय कार्यालयलाई गराउछौं ।’

प्रतिक्रिया दिनुहोस्