राजनीति

राप्रपाका उम्मेदवार सूर्य चुनाव चिह्नमा लड्ने

३० चैत्र २०७८, बुधबार १२:३३
राप्रपाका उम्मेदवार सूर्य चुनाव चिह्नमा लड्ने

३० चैत, काठमाडौं । प्रतिनिधि सभामा सबभन्दा ठूलो पार्टी नेकपा एमाले र भर्खरै गठन भएको राप्रपा नेपालबीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको सहमति भएको छ ।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा गठबन्धनको हस्ताक्षर गरेका छन्।

देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने एमाले र राप्रपा नेपालबीच भएको सहमतिपत्रमा उल्लेख छ। सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनाव लड्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्