समाचार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

२९ चैत्र २०७८, मंगलवार १२:२०
बालुवाटारमा सत्ता गठबन्धनको बैठक

२९ चैत, काठमाडौं । सत्तारूढ गठबन्धनका दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपरान्ह साढे ४ बजेबाट गठबन्धनको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए  ।

सोमबारको बैठकमा आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा दलहरूबीचको तालमेल कसरी गर्ने? कुन आधारमा गर्ने? भन्नेबारे छलफल भएको थियो।  बैठकले महानगर र उपमहानगरको हकमा केन्द्रबाट टुंग्याउने र अन्य पालिकामा तल्लो तहबाटै टुंग्याउने सहमति बनेको थियो।

गठबन्धनका दलहरूले यसअघि नै देशभरि चुनावी तालमेल गर्न अपिल गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्