समाचार

गठबन्धनले निर्वाचन तालमेलको ‘मोडालिटी’ आज टुंग्याउँदै

२९ चैत्र २०७८, मंगलवार ०३:२६
गठबन्धनले निर्वाचन तालमेलको ‘मोडालिटी’ आज टुंग्याउँदै

२९ चैत, काठमाडौं । पाँच दलीय सत्ताधारी गठबन्धनका शीर्षसहित उच्चस्तरीय राजनीतिक संयन्त्र र निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो ।

बैठकले निर्वाचनमा तालमेलको ‘मोडालिटी’, उम्मेदवार मापदण्ड र प्रक्रियासहितको निर्णय गर्ने गठबन्धनले जनाएको छ ।  गठबन्धनका नेताहरूले सोमबार गठबन्धनले बनाउने उम्मेदवारहरूलाई विजयी बनाउन मतदाताहरूसँग मत मागेका छन्। गठबन्धनसहित निर्वाचनमा जान चाहनुको कारण पनि प्रष्ट पारेका छन्।

गठबन्धनसहित निर्वाचनमा जान चाहनुको कारण पनि प्रष्ट पारेका छन् । यसअघि आइतबारसम्म चारपटक निर्वाचन तयारी तथा अनुगमन समितिले तालमेलको ‘मोडालिटी’बारे छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्