समाचार

भोली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने

२८ चैत्र २०७८, सोमबार ११:२४
भोली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने

२८ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार दिउँसो दुई बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी चैत ३० गते दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य लाई बोलाएका छन् ।

बैठकमा स्थानीय तह निर्वाचन, घोषणापत्र र विविध विषयमा छलफल हुने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्