राजनीति

एकीकृत समाजवादीले आचारसंहिता उल्लंघन गरेको गुनासोपछि आयोगले माग्यो तीन दिने जवाफ

२८ चैत्र २०७८, सोमबार ११:१०
एकीकृत समाजवादीले आचारसंहिता उल्लंघन गरेको गुनासोपछि आयोगले माग्यो तीन दिने जवाफ

२८ चैत, काठमाडौं। निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)  निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा तीन दिनभित्र जवाफ बुझाउन निर्देशन दिएको छ।

स्थानीय तह निर्वाचन आचारसंहिता उल्लघंन गरेको उजुरी परेपछि आयोगले तीन दिनभित्र आधार प्रमाणसहित चित्त बुझ्दो जवाफ माग गरेको हो। सो पार्टीले चैत २६ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगको आचारसंहिता उल्लंघन भएको भन्ने गुनासो आएको आयोगको भनाइ  छ।

‘आचारसंहिता उल्लंघन गरेकोबारे प्रमाणसहित चित्तबुझ्दो जवाफ दिन निर्देशन दिइएको छ,’ पौडेलले भने। उनले कुन सन्दर्भमा स्पष्टीकरण सोधेको भन्ने चाहिँ खुलाएनन्। ‘आयोगको निर्णय यति नै हो। त्योभन्दा बढी मैले भन्न सक्दिनँ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्