समाचार

एमाले र राप्रपा (नेपाल)बीच तालमेल तय

२८ चैत्र २०७८, सोमबार ०२:०५
एमाले र राप्रपा (नेपाल)बीच तालमेल तय

२८ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमाले र कमल थापा नेतृत्वको  राप्रपा (नेपाल)बीच चुनावी तालमेल करिब निश्चित भएको छ । राप्रपा नेपालसँग निरन्तर संवादमा रहेका एमाले नेता देवेन्द्र दाहालले सोमबारसम्म निर्णयमा पुगिने बताए ।

‘राप्रपा नेपालसँग कुरा भइरहेको छ । आज फाइनल हुन्छ होला । उनीहरूले उम्मेदवार नउठाएको ठाउँमा हामीलाई सघाउने भन्ने छ । कतिपय पालिकामा समझदारी गरेर उठाउँछौँ । यसपटक उहाँहरूले सूर्य चिह्नमा उठ्ने भन्ने छ,’ उनले भने ।

गठबन्धन गर्न दुवै पक्षबीच सहमति भएको राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठको भनाइ छ । ‘एमालेसँग गठबन्धन गर्ने भन्ने विषय करिब–करिब टुंगो भइसकेको छ । कुरा धेरै अघि बढिसक्यो । यसबीचमा हामीले धेरै छलफल पनि गर्‍यौँ,’ उनले भने ।

स्थानीय निर्वाचनमा एक्लै लड्ने केन्द्रीय नीति भए पनि एमाले केन्द्रीय कमिटी बैठकले जिल्लामा भने तालमेल गर्न सकिने स्पष्ट गरिसकेको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र एमालेबीच भने छलफल रोकिएको छ । राप्रपा एक्लै चुनावी मैदानमा जाने योजनामा रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्