समाचार

लोसपाबाट जनकपुरको नगरप्रमुख र उपप्रमुखमा ५–५ जनाको नाम सिफारिस

२७ चैत्र २०७८, आईतवार १५:१३
लोसपाबाट जनकपुरको नगरप्रमुख र उपप्रमुखमा ५–५ जनाको नाम सिफारिस

२७ चैत, काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नगरप्रमुखमा ५ जना र उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार लोसपा नेपाल धनुषाको नगर समितिको बैठकबाट मेयर पदका लागि लोसपाका नगर सभापति मनोज कुमार चौधरी, मधेश प्रदेशका प्रदेश सांसद परमेश्वर साह, संजय चौधरी, अमर पँजियार र जानकीराम साहको नाम सिफारिस गरिएको हो ।

लोसपाको तर्फबाट उपमेयर पदका लागि विभा ठाकुर, रिता मिश्र, पुनम झा ‘मैथिली’, विभा पाण्डे र पुनम साहको नाम प्रस्ताव गरिएको छ । लिया मिश्र जनकपुरधामकी उपमेयर छन् ।

महन्थ ठाकुरकै नेतृत्वमा रहेको तत्कालीन राजपाबाट जनकपुरधामको मेयर, उपमेयर र २५ मध्ये १२ वडाध्यक्ष विजयी भएको थियो ।निर्वाचित मेयर लाल किशोर साह अहिले जनता समाजवादी पार्टी (जसपा)मा छन् । उनी जसपाबाट पुनः मेयरका दाबेदार छन् ।

प्रतिक्रिया दिनुहोस्