एजेन्सी: जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड-१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको कार्यवाहक स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार बताए।
शुक्रबार रातिदेखि शुरु हुने नयाँ नियमहरूले दक्षिण अफ्रिका र “सम्भवतः छिमेकी राष्ट्रहरू” लाई असर गर्ने स्पानले बताए ।
यद्यपि जर्मन नागरिकलाई भने प्रवेश अनुमति दिइएको छ । खोप लगाए पनि उनीहरू स्वदेश आइपुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।