समाचार

कालिकोटको अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको सचीवमा प्रकाश अधिकारी सर्वसम्मत चयन

२७ चैत्र २०७८, आईतवार ०२:३३
कालिकोटको अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको सचीवमा प्रकाश अधिकारी सर्वसम्मत चयन

२७ चैत, कालिकोट । कालिकोट जिल्ला नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल नेपाल प्रगतिशील जनस्वास्थकर्मी महासंघको सचिवमा स्वास्थकर्मी प्रकाश अधिकारी सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो । सचिवमा अधिकारीले भने ‘अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ तथा पार्टीनिकट सम्पुर्ण स्वास्थ्यमा आफुबाट हुनसक्ने विभिन्न सहयोग पहिलेदेखिनै गर्दै आएको र अझैथप गर्ने बताए ।

सचिवमा अधिकारीले माओवादी केन्द्रका क्रियाशील सदस्य समेत हुन ।  उनी सानैदेखि कम्युनिष्ट विचार धारा बोकेका युवा हुन् । अधिकारी पेशाले स्वास्थ्यकर्मी भएता पनि दिन दु:खीको मलम भएर काम गर्थे । सानै देखि मिलनसार र सहयोगी भावना भएका अधिकारीले कालिकोट जिल्ला अस्पतालमा कार्यरत छन् । जनस्वास्थकर्मी महासंघको सचिवमा चयनमा भए पछि स्वास्थ्यमा हुने जुन सुकै घोटाला, अनियमितता, लापरबाहीमा आफु चट्याङसामु उभिने बताए ।

प्रतिक्रिया दिनुहोस्