समाचार

विश्वासको मत गुमाएपछि पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त

२७ चैत्र २०७८, आईतवार ०१:४१
विश्वासको मत गुमाएपछि पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त

२७ चैत, काठमाडौ‌। समाचार एजेन्सीहरूले जनाएअनुसार पाकिस्तानकाे संसद्ले प्रधानमन्त्री इमरान खान विरुद्ध राखिएकाे अवश्वासकाे शनिवार प्रस्ताव पारित गरेकाे छ ।

गएराति भएको मतदानमा उनले विश्वासको मत पाउन नसकेका हुन् । विपक्षी दलहरुले निर्वतमान प्रधानमन्त्री खानबिरुद्ध केहीदिन अघि अविश्वासको प्रस्ताव ल्याएका थिए । पाकिस्तानको संसदमा रहेका ३ सय ४२ सदस्य रहेका छन् । जमास खनबिरुद्धको प्रस्तावको पक्षमा एक १७४ सदस्यले मत दिएका छन् । यो संख्इा बहुमत संख्या हो । यो सँगै खान पदमुक्त भएका छन् । खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन् ।

खानले आफूविरुद्ध अविश्वासकाे प्रस्ताव पारित हुनेदेखेपछि संसद् भङ्ग गरेर मध्यावधि निर्वाचन गराउन खाेजेका थिए । पाकिस्तानकाे सर्वोच्च अदालतले संसद् भङ्ग गर्ने निर्णय खारेज गरेपछि अविश्वासकाे प्रस्तावमा मतदान भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्