समाचार

आइतबार सार्वजनिक बिदा

२६ चैत्र २०७८, शनिबार १०:२८
आइतबार सार्वजनिक बिदा

२६ चैत, काठमाडौँ ।  सरकारले भोलि आइतबार (चैत २७ गते) मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी हिन्दू धर्मावलम्बीहरुको रामनवमी पर्व परेकाले आइतबार बिदा दिने निर्णय भएको जनाएको छ ।

यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्