समाचार

यी हुन् बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका २३ निर्णय

२५ चैत्र २०७८, शुक्रबार ०८:०५
यी हुन् बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका २३ निर्णय

२५ चैत, काठमाडौं । चैत्र २४ गते विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक भएका छन् ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिए।बैठकले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ भने अमलेखगंज सबस्टेशनको लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।

त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा २३ बमोजिम पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेललाई तोक्ने निर्णय भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्