समाचार

हप्ताको अन्तिम दिन घट्यो सुनको मूल्य

२५ चैत्र २०७८, शुक्रबार ०७:५०
हप्ताको अन्तिम दिन घट्यो सुनको मूल्य

२५ चैत, काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

शुक्रबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहिबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि बढेको छ । बिहिबार एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा १० रुपैयाँले बढेर एक हजार ३५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्