समाचार

अहिले प्रधानमन्त्री भारत जानुकाे ठुलो रहस्य, आएपछि साेध्छु – अध्यक्ष ओली

१८ चैत्र २०७८, शुक्रबार १२:५५
अहिले प्रधानमन्त्री भारत जानुकाे ठुलो रहस्य, आएपछि साेध्छु – अध्यक्ष ओली

१८ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाए ।

आज शुक्रवार अनेरास्ववियुको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले चुनावको मुखमा प्रधानमन्त्री भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै नेपाल फर्किएपछि उनलाई सोध्ने बताए ।

अध्यक्ष ओलीले सम्बोधनको धेरैजसो समय नेपाली कांग्रेसविरुद्ध खनिए । उनले कांग्रेसले सधैँ लोकतन्त्र विरोधी र राष्ट्रियता विरोधीसँग घाँटी जोड्ने गरेको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस्