समाचार

प्रधानमन्त्री देउवा भाजपाको हेड अफिसमा

१८ चैत्र २०७८, शुक्रबार १२:४२
प्रधानमन्त्री देउवा भाजपाको हेड अफिसमा

१८ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा)को मुख्य कार्यालय पुगेका छन् । सत्तारूढ भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नड्डासँगको भेटका लागि प्रधानमन्त्री देउवा भाजपा कार्यलय पुगेका हुन् ।

सामान्यतः औपचारिक भ्रमणमा आएका नेपाली प्रधानमन्त्रीले कुनै दलको मुख्यालयको भ्रमण गर्ने चलन विगतमा थिएन, बरु सत्तारुढ दलकै शीर्ष नेताले नेपाली प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने चलन हुन्थ्यो।  प्रधानमन्त्री देउवाको यसपटक भारत भ्रमणमा अन्य पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ताको कार्यसूची छैन, तर उनी भाजपा कार्यालय जाँदै छन्।

प्रतिक्रिया दिनुहोस्