समाचार

लिङ्देनलाई झड्काः राप्रपाकाे सिंगो जिल्ला समिति कमल थापा नेतृत्वको राप्रपा नेपालमा

१५ चैत्र २०७८, मंगलवार १६:४३
लिङ्देनलाई झड्काः राप्रपाकाे सिंगो जिल्ला समिति कमल थापा नेतृत्वको राप्रपा नेपालमा

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरको सिंगो जिल्ला समिति कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको छ ।

राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा, उपाध्यक्षद्वय खिलप्रसाद चौलागाईं, मन डिसी र सहसचिव रन्जना बर्तौलासहित जिल्ला सदस्यहरु, १० वटै स्थानीय तहका अध्यक्षहरु, जनवर्गीय संगठनका अध्यक्षहरु, क्षेत्रीय अध्यक्षहरुको समिति राप्रपा नेपालमा समाहित भएको हो ।

पूर्वकेन्द्रीय सदस्य बालकृष्ण कार्कीसहित राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा र उनको कार्यसमितिले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्र सैद्धान्तिक विचलन देखिएको भन्दै साधारण सदस्य समेत नरहने गरी राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्