राजनीति

बलियो साँढे बैसाखी टेकेर दायाँ र वाँया गरिरहेकाे छ : ओली

१४ चैत्र २०७८, सोमबार १४:१५
बलियो साँढे बैसाखी टेकेर दायाँ र वाँया गरिरहेकाे छ : ओली

१४ चैत, कपिलवस्तु। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने बताएका छन् ।

एमाले कपिलवस्तुले सोमबार आयोजना गरेको पार्टी प्रवेश तथा वृहत् जनसभामा बोल्दै अध्यक्ष ओलीले बलियो साँढे नेपाली काँग्रेसले बैसाखी टेकेर दायाँ र वाँया गरेको बताए ।

एमाले कपिलवस्तुले सोमबार आयोजना गरेको पार्टी प्रवेश तथा वृहत् जनसभामा बोल्दै अध्यक्ष ओलीले बलियो साँढे नेपाली काँग्रेसले बैसाखी टेकेर दायाँ र वाँया गरेको बताए । उनले एमालेले जिते मात्र राष्ट्र समृद्ध हुने दाबी गरे । सम्बोधन गर्दै नेता ओलीले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकासले मुलुकमा परिवर्तन आउने बताए । अध्यक्ष ओलीले एमालेले देशलाई डिजिटल आधुनिक नेपाल निर्माण गर्ने दाबी गरे ।

उनले भने, ‘अब धेरै जना एमालेमा आइसक्नुभयो, तीन महिना पहिले यस्तै उभार आएको थियो, आज उस्तै जनसागर छ । अब कोही छुट्नुभएको छ भने छिटो भित्राऔँ, ढिलाइ नगरौँ ।’ एमाले प्रवेश गर्नेहरूको देशव्यापी जनलहरले एमालेको शक्ति प्रस्ट भएको बताउँदै तराईमा विकास एमालेकै पालामा भएको बताए । उनले तराईको विकास र समृद्धि एमालेका अगुवाइ पूर्ण हुँदै गएको र केही पूरा हुने चरणमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्