मनोरञ्जन

‘आरआरआर’ले ‘बाहुबली २’ काे रेकर्ड ताेड्याे, राख्यो नयाँ कीर्तिमान

१२ चैत्र २०७८, शनिबार ११:३०
‘आरआरआर’ले ‘बाहुबली २’ काे रेकर्ड ताेड्याे, राख्यो नयाँ कीर्तिमान

एजेन्सी : एसएस राजामौलीको चलचित्र ‘आरआरआर’ ले पहिलो दिन विश्वभरबाट २ सय ५० करोड कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जुनियर एनटीआर र राम चरनको मुख्य भूमिका रहेको यो चलचित्रले विश्वभरमा धमाका मच्चाइरहेको छ।

शुक्रबारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित तेलुगु फिल्म ‘आरआरआर’ले नेपालमा पनि उत्साहजनक प्रदर्शन गरिरहेको छ। प्रदर्शनमा आएको दोस्रो दिन पनि सबै शो हाउसफुल भएका छन्।

५ अर्ब ५० करोड (भारु) लगानी रहेको फिल्मले पहिलो दिन भारतमा मात्रै १ अर्ब ३० करोडभन्दा माथिको बक्स अफिस कलेक्सन गरेको छ। जुन भारतीय फिल्म इतिहासमा सबैभन्दा धेरै हो। यो सँगै एसएस राजामौलीले आफ्नै अघिल्लो फिल्म ‘बाहुबली २’ को कीर्तिमान भङ्ग गरेका छन्।

बाहुबलीपछि फिल्म आरआरआर निर्माण गरेका राजामौलीको यो फिल्मले विश्वभर तारिफ मात्रै होइन बम्बर कमाई पनि गरिरहेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले अमेरिका, क्यानडा, बेलायत र अष्ट्रेलिया लगायतका देशहरुमा सर्वाधिक कमाई गरेको छ ।

‘बाहुबली २’ ले पहिलो दिन भारतमा मात्रै १ अर्ब २१ करोडको कमाइ गरेको थियो। त्यस्तै फिल्मले पहिलो दिन विश्वभरबाट २ अर्ब ५७ करोडभन्दा माथिको कारोबार गरेको थियो। भारतीय सिनेमा उद्याेगका लागि याे पनि नयाँ कीर्तिमान हाे।

पिरियड एक्सन ड्रामा जनरामा बनेको फिल्ममा राम चरण, जुनियर एनटिआर, अजय देवगन, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। अजय र आलियाको यो पहिलो दक्षिण भारतीय फिल्म हो।

प्रतिक्रिया दिनुहोस्