समाचार

विद्यालयमा अध्ययरत एक छात्र लडेर मृत्यु

१० मंसिर २०७८, शुक्रबार ०९:००
विद्यालयमा अध्ययरत एक छात्र लडेर मृत्यु

महोत्तरी: महोत्तरीको रामगोपालपुर नगरपालिका–१ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत एकछात्रको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बलवा नगरपालिका–१ का १८ वर्षीय सन्दीप महतो रहेका प्रहरीले जनाएको छ । विद्यालयको भर्याङमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घाइते भएका र उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गम्भीर घाइते महतोलाई उपचारको लागि जनकपुरस्थित काव्या अस्पतालमा लगिएको त्यहाँ सुधारोन्मुख नभएपछि थप उपचारको लागि सिरहाको कर्जनहामा अवस्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा लगिएको थियो ।

सोही अस्पतालमा उपचारकै क्रममा गए राति उनीको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा २० लाखको क्षति जिल्लाको सोनमा गाउँपालिका–२ स्थित एक घर, किराना पसल र धान कुट्ने मिलमा आज बिहान आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ ।

जिप्रका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीयवासी रामएकवाल साहले घरमा आगलागी भएको थियो । आगलागीबाट किराना पसलभित्रका सम्पूर्ण सरसामान सहित मिलमा रहेका सम्पूर्ण अन्न क्षति भएको प्रहरीले जनाएको छ ।

सो आगलागीबाट मानवीय तथा पशुजन्य क्षति नभएको र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्