समाचार

डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता

२७ कार्तिक २०७८, शनिबार १६:१०
डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता

२७ कार्तिक, एजेन्सी।डुङ्गा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् । देशको किभु प्रान्तमा बिहीबार बिहान डुङ्गा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ । दुर्घटनामा परेको डुङ्गामा १२० जना यात्रु रहेका थिए । हराएकाहरुको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्