समाचार

निरन्तर बढ्यो सुनको मूल्य

११ चैत्र २०७८, शुक्रबार ०६:१८
निरन्तर बढ्यो सुनको मूल्य

११ चैत, काठमाडौँ । हप्ताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बिहिबार प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ शुक्रबार ६ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ  । बिहिबार प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँ मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्