समाचार

महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश

१० चैत्र २०७८, बिहीबार १३:२१
महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश

 १० चैत, चितवन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा बिहीबार प्रमुख प्रतिपक्षी नेकपा एमालेमा प्रवेश गरेका छन्।

उनले दुई दिन अगाडि मात्रै आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लखेर माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए । काठमाडौँमा आज बिहीबार बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शर्मा र उनकी पत्नी सीता चौधरीलाई पार्टीमा स्वागत गरेका हुन्।

काठमाडौंमा आज बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शर्मा र उनकी पत्नी सीतालाई पार्टीमा स्वागत गरे ।

शर्मा नेकपा माओवादी केन्द्रको घोराही उपमहानगर कमिटीको अध्यक्ष थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा उनकी पत्नी सीता घोराही उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार थिइन् तर पराजित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्