समाचार

पल शाहको थुनछेक बहस सकियो, आदेश केही बेरमा

१० चैत्र २०७८, बिहीबार ११:४७
पल शाहको थुनछेक बहस सकियो, आदेश केही बेरमा

१० चैत, काठमाडौं । नाबालिग गायिकालाई बलात्कार गरेको मुद्दा लागेका नायक पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीसँगको बयान सकिएपछि थुनछेक बहस सुरु भएको छ । शाहका म्यानेजर जोशीसँगको बयान आज सकिएकाले आजै बहस सुरु भएको हो ।

उनी भन्छन्,  ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौ जना कानुन व्यवसायीले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेको उनले जानकारी दिए । जाहेरवाला पक्षको बुधबार नै बहस सकिएको थियो । प्रतिवादीको तर्फबाट तीनजनाले बहस गरेका थिए । तेस्रो कानुन व्यवसायीको बहसबाट बिहीबार सुरु भएको हो ।

प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवशायीले बहस गरेका छन् । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासमा थुनछेक बहस भएको हो ।

सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो ।

प्रतिक्रिया दिनुहोस्