समाचार

पल शाहकाे बयान सकियाे, यस्तो छ शाहको बयान

९ चैत्र २०७८, बुधबार ०७:४२
पल शाहकाे बयान सकियाे, यस्तो छ शाहको बयान

९ चैत, काठमाडौं। बलात्कार मुद्दामा पक्राउ परेका कलाकार पल शाहको बयान सकिएकाे छ। अहिले उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिइरहेकाे छ।

जिल्ला अदालत तनहुँले पल उनका म्यानेजर जोशीसहित नाबालिगको समेत बयान लिएको छ । मंगलबार जिल्ला अदालत तनहुँले बयान लिएपछि बहस बुधबारबाट हुनेछ । सरकारी वकिलसमक्ष बयान दिँदै उनले पीडित १८ वर्षभन्दा कम उमेरको भएको थाहा भएको स्वीकार गरेका हुन् ।

शाहका म्यानेजर जोशीकाे बयान अहिले भइरहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले बताए। उनले भने, ‘शाहको बयान हिजो नै सकिएकाे हाे। अहिले उनका म्यानेजरको बयान भइरहेको छ। आज नै बयान सकिने अनुमान गरेका छौं।’

शाहले बयानका क्रममा आफूमाथि लागेको आरोप सत्य नभएको बताएका छन्। ‘बयानका क्रममा उन शाहले आफूले करणी गरेको भनेर स्वीकार्नु भएको छैन’ स्रेस्तेदार कुँवरले भने, ‘दुवै जनाको बयान सकिएपछि बाँकी प्रकियामा जान्छौं।’

सरकारी वकिल कार्यालय तनहुँले मंगलबार अदालतमा दुई जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। नाबालिगले आफूलाई करणी गरेको भन्दै फागुन ११ गते तनहुँ प्रहरीमा किटाने जाहेरी दिएकी थिइन्। प्रहरीले १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई करणी गरेको आरोपमा शाहलाई फागुन १५ गते पक्राउ गरेको हो। नाबालिगले गैंडाकोट प्रहरीमा समेत शाहले सुटिङका क्रममा करणी गरेको भनी जाहेरी दर्ता गरेकी थिइन्।

यस अगाडि सार्वजनिक अडियोमा आफ्नो स्वर नरहेको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका पलले बयानका क्रममा भने अडियो रेकर्डमध्ये ‘ब्वाइफ्रेण्ड र गर्लफ्रेन्ड बीच हुनु नर्मल हो’ भन्ने आवाज पनि आफ्नै हो भनेको जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा उल्लेख छ ।

तर, उनले जबरजस्ती करणी गरेको अभियोग चाहिँ स्वीकारेका छैनन् । पीडितले २०७८ सालको जेठ महिना अन्तिमतिर फोन गरेर आफूहरूको सम्बन्धबारे अरुले थाहा पाएको बताएको उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्