समाचार

मंगलबार सुनको मूल्यमा गिरावट

९ चैत्र २०७८, बुधबार ०७:२६
मंगलबार सुनको मूल्यमा गिरावट

९ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक सयले घटेको छ ।

मंगलबार प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बुधबार १ हजार १ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको ९८ हजार ७ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ  । मंगलबार प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २५ रुपैयाँले घटेर एक हजार ३७० रुपैयाँ मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्