राजनीति

प्रकाशमानकाे दाबी : मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने पार्टी कांग्रेस मात्रै हाे

९ चैत्र २०७८, बुधबार ०५:०९
प्रकाशमानकाे दाबी : मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने पार्टी कांग्रेस मात्रै हाे

९ चैत, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्नेसक्ने पार्टी कांग्रेस मात्रै भएको बताएका छन् ।

ठूला राजनीतिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले नै गरेको र अस्थिरताबाट निकाससँगै जनताले चाहेको विकास कांग्रेसले नै दिएको भन्दै उनले अनावश्यक भ्रमको पछि नलाग्न आग्रह गरे ।

आज काठमाडाैंको  शंखमुलमा ‘घर घर जाऊ, कांग्रेस जिताऊ’ अभियान अन्तर्गत आयोजना गरेको भेटघाट कार्यक्रममा नेता सिंह देश संकटमा पर्दा काम गर्न नसक्ने, महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिने भन्दै कम्युनिस्ट दलहरुप्रति आक्राेश पाेखे ।

उनले कांग्रेसले मुलुको राजनीतिक र सामाजिक आर्थिक रुपान्तरणका लागि निकै महत्त्वपूर्ण भुमिका खेलेको बताए। अझै पनि निर्वाचन होला र भन्ने भ्रम नपाल्न उनले आग्रह गरे। राजनीति दलहरु पनि आ-आफ्नो चुनावी अभियान लिएर जनताका माझ पुगिसकेकाले अब निर्वाचनको वातावरण बनिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्