समाचार

काठमाडौं विश्वकै छैटौँ प्रदूषित राजधानी शहर

९ चैत्र २०७८, बुधबार ०४:४४
काठमाडौं विश्वकै छैटौँ प्रदूषित राजधानी शहर

९ चैत, काठमाडौँ । राजधानी काठमाडौं विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाडौं विश्वको छैटौँ प्रदूषित शहर बनेको छ । त्यस्तै, देशका हिसावले नेपाल प्रद्रूषित देशको सूचीको दशौँ नम्बरमा छ ।

तथ्यांकअनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिन्छ । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ । दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको हो । विश्वका १०० प्रदूषित शहरहरुमध्ये ६३ भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित देश भएको छ। प्रदूषित देशको सूचीमा चाड र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन्। यस्तै चौथोमा ताजकिस्तान र पाँचौँमा भारत छ।

आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन् । सर्वेक्षण गरिएका शहरहरुमध्ये केबल ३ दशमलब ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए ।

११७ देशका ६ हजार ४७५ शहरहरुको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ ।

कम्तिमा ९३ शहरहरुको पीएम २ दशमलब ५ तह विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो । तर, केही देशले प्रदूषण नियन्त्रण गर्न सफलता प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । ‘केही देशले प्रदूषण कटौतीमा ठूलो प्रगति गरिरहेका छन’, आइक्यूएयरकी विज्ञान प्रबन्धक क्रिष्टि श्रोडरले भनिन् ।

‘चीनले केही धेरै ठूला संख्याहरूबाट सुरु गरेको थियो  । समयसँगै उनीहरुले निरन्तर घटाउँदै गएका छन् । तर, संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँ यो उल्लेखनीय रूपमा खराब हुँदै गइरहेको छ’, उनले भनिन् ।

विश्वका दश प्रदूषित देश

१.बंगलादेश
२.चाँद
३.पाकिस्तान
४.ताजकिस्तान
५.भारत
६.ओमन
७.क्रिगिजिस्तान
८.बहराइन
९.इराक
१०.नेपाल

यी हुन् विश्वका १० प्रदुषित राजधानी सहर
१) नयाँ दिल्ली (भारत)
२) ढाका (बंगलादेश)
३) एन डिजामिना (चाड)
४) दुसान्बे (ताजकिस्तान)
५) मस्कट (ओमान)
६) काठमाडौं (नेपाल)
७) मानामा (बहराइन)
८) बगदाद (इराक)
९) बिश्केक (क्रिजकिस्तान)
१०) तासाकेन्ट (उज्वेकिस्तान)

प्रतिक्रिया दिनुहोस्