मनोरञ्जन

अभिनेता शाहबिरुद्ध १४ वर्ष सजाय माग गर्दै मुद्दा दर्ता

८ चैत्र २०७८, मंगलवार ०९:०७
अभिनेता शाहबिरुद्ध १४ वर्ष सजाय माग गर्दै मुद्दा दर्ता

८ चैत, काठमाडौँ। अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको अभियोगमा तनहुँ जिल्ला अदालतमा मंगलबार दोस्रो मुद्दा दर्ता भएको छ।

मंगलबार जिल्ला अदालत तनहुँमा शाह विरुद्ध बलात्कार मुद्दा दर्ता भएको हो। यसअघि उनीविरुद्ध पूर्वी नवलपरासीमा सोही अभियोगमा मुद्दा दर्ता भएको थियो।

जिल्ला प्रहरी कार्यालयले सोमबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएपछि मंगलबार उनीबिरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको हो।

गत फागुन १५ गतेदेखि नाबालिकामाथि जबरजस्ती करणीको अभियोग जिल्ला प्रहरी कार्यालय, तनहुँको न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामा अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा आइतबारनै बुझाएको थियो ।

नाबालिगमाथि बलात्कार गरेको अभियोगमा परिवारले जाहेरी दर्ता गरेको थियो। जाहेरी दर्ता भएपछि शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्