समाचार

घाइते-अपाङ्गबारे ५ बुँदामा प्रधानमन्त्रीलाई प्रचण्डको ध्यानाकर्षण

८ चैत्र २०७८, मंगलवार ०६:२८
घाइते-अपाङ्गबारे ५ बुँदामा प्रधानमन्त्रीलाई प्रचण्डको ध्यानाकर्षण

८ चैत, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सशस्त्र युद्धका घाइतेको उपचारको विषयमा ध्यानाकर्षण गराएका छन्।

उनले राज्यका तर्फबाट हुने सहयोगका लागि पहल गर्ने बताएका छन् । तत्काल केही सहयोग पनि गरेको परिवारले जानकारी दिएको छ ।प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन्।  त्यसक्रममा उनले सशस्त्र युद्धका क्रममा घाइते भई अपांगता भएकाहरूलाई सरकारका तर्फबाट सहयोग तथा सम्मानका लागि पाँच बुँदाामा ध्यानाकर्षण गराएका छन्।

१) सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरुको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ मा संशोधन गर्ने

२) सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगता भएकाहरुलाई सूचीकृत गर्ने

३) सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरुलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण गर्ने

४) जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथासिघ्र कार्यान्वयन गर्नुपर्ने

५) सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने

प्रतिक्रिया दिनुहोस्