मुख्य समाचार

निरूको बलात्कारपछि विभत्स हत्या, ७ महिना बित्दा पनि प्रहरी प्रसाशन मौन

८ चैत्र २०७८, मंगलवार ०९:१९
निरूको बलात्कारपछि विभत्स हत्या, ७ महिना बित्दा पनि प्रहरी प्रसाशन मौन

कालिकोट । कालिकोटमा भदौ ९ गते बलत्कार पछि विभत्स हत्या भएकी १६ वर्षीया निरू विश्वकर्माको दोषीलाई प्रहरीको लापरबाहीले गर्दा अहिलेसम्म कारबाही गर्न सकेको छैन । ७ महिना बित्दा पनि प्रहरी प्रसाशन मौन बसेको छ।

खाँडाचक्र नगरपालिका–६ दाह घर भए निरू विश्वकर्माका आफन्तले प्रहरीमा उजुरी दिदा पनि प्रहरी प्रसाशन मौन बसेको गायक तथा सर्जक लोकेश गोराल (लाहुरे)ले बताए । ७ महिना बितिसक्दा पनि पीडितका आफन्त न्याय नपाएको गायक गोरालले बताए।

पीडितका आफन्तले प्रहरी प्रसाशनसँग सोध्दा अनुसन्धान भइरहेको छ। ढुक्क हुनु पिडितले न्याय पाउँछ भन्दा भन्दै ७ महिना बितिसक्दा पनि पीडितले न्याय पाएको छैन ।  कहिँलेसम्म हामी दलित समुदायलाई अभद्र व्यवहार, शोषण, अनि कु दृस्टीले हेर्ने हो। निरुको ठाउँमा कोहि ब्रह्माण्ड एण्ड क्षेत्रीको छोरी भएको भए न्याय पाउँथे होला । तर गरिब र दलित समुदायको छोरी भएको कारण अहिलेसम्म न्याय पाएको छैन । कानुन र प्रसाशनले त भेदभाव गर्छ भने उनले आक्रोस पोखेका छन् ।

यो मात्र होइन २०७७ असोज १२ बझाङमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झना कामीका हत्या गरिएको थियो । १७ बर्षिया किशोरी भागरथी भट्टको बैतडीमा वलात्कार पछि हत्या र निर्मला पन्त लगायतका कैयौं किशोरीले जघन्य लैंगिक हिंसा/हत्या बेहोरी रहनुपर्ने र समाज/राज्य सामान्य लोकाचार निभाएर बस्ने स्थिति कहिलेसम्म भने उनले प्रश्न गरेका छन् । 

निरूको रहस्यमय घटना 

घरभन्दा करिब ४ सय मिटर पर मकै बारीमा शरीर क्षतविक्षत अवस्थामा शव भेटिएको थियो । निरुको शव ढाडदेखि तलको भागमा मासु छैन् । जंगली जनावरले खाएको आंशका छ । शव परीक्षणका लागि जिल्ला अस्पताल समेत लगिएको थियो । उनको चार दिनसम्म कुनै खबर नपाउदा पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

घर परिवारले उनी सुरुमा कतै आफन्तमा गएको वा भागेर विहे गरेको आशंका थियो । तर चार दिनपछि शव भेटिएपछि परिवार शोकमा डुबेको थियो । स्थानीयले निरुको बलात्कारपछि हत्या भएको आंशका गरेका छन् । उनी केहि दिनदेखि एक युवकको प्रेममा थिइन् । सोहि नगरपालिका वडा नम्बर ४ घर भएका एक युवकसँग उनको प्रेम चर्चा चलेको स्थानीयको भनाइ छ । तर निरु बेपत्ता भएको दिनदेखि उनी सम्पर्कविहीन भएका थिए । पीडितका आफन्तले उनका विरुद्ध उजुरी पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्