राजनीति

माओवादी प्रवक्ता महराका स्वकीय सचिवले पनि त्यागे माओवादी

८ चैत्र २०७८, मंगलवार ०४:१०
माओवादी प्रवक्ता महराका स्वकीय सचिवले पनि त्यागे माओवादी

८ चैत, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको छन्।

माओवादी केन्द्र घोराही उपमहानगर कमिटी अध्यक्षसमेत रहेका शर्माले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी त्यागेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्– आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र)को साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भुमिकामा आफूलाई उभ्याउने छु ।

प्रतिक्रिया दिनुहोस्