समाचार

विमान दुर्घटना : १३२ जनाको अवस्था अझै अज्ञात, सबैको ज्यान गएको आशङ्का

८ चैत्र २०७८, मंगलवार ०३:५२
विमान दुर्घटना : १३२ जनाको अवस्था अझै अज्ञात, सबैको ज्यान गएको आशङ्का

एजेन्सी । चीनमा हिजो दुर्घटनामा परेको विमानमा रहेका सबैको अवस्था अझै थाहा हुन सकेको छैन । उनीहरु जीवितै रहने सम्भावना नगन्य रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

आकाशबाट जमिनका खसेको विमानमा आगो लागेकाले उनीहरु जीवितै भेटिने सम्भावना नरहेको उनीहरुले बताएका छन् । आठ हजार ८ सय ६९ मिटरको उचाइमा रहेका बेला विमान दुर्घटनामा परेको थियो ।

उद्धारकर्ताहरुले विमानका टुक्राहरु र जलेको अवशेष फेला पारेका छन् । हिजो दिउँसो २ बजेतिर एक सय २३ जना यात्रु र चालक दलका नौ सदस्यसहित एक सय ३२ जना रहेका चाइना इस्टर्न बोइङ ७३७ विमान चीनको दक्षिणी प्रान्त ग्वाङ्सीमा दुर्घटनाग्रस्त भएको थियो । अहिले पनि खोजी कार्य चलिरहेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्