समाचार

एमसीसी अनुमोदनपछि सार्वजनिक कार्यक्रममा प्रचण्ड र नारायणकाजी श्रेष्ठ एकासाथ

७ चैत्र २०७८, सोमबार १६:१०
एमसीसी अनुमोदनपछि सार्वजनिक कार्यक्रममा प्रचण्ड र नारायणकाजी श्रेष्ठ एकासाथ

७ चैत, काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार मधेस प्रदेशको राजधानी जनकपुर जाने भएका छन् ।

चुनाव केन्द्रित कार्यक्रमको विषयमा प्रशिक्षण दिन र अगुवा कार्यकर्तासँगको भेटघाटका लागि जनकपुर आउने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

मङ्गलवार १२ बजे जनकपुरको तिरहुत्तियामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने अध्यक्ष प्रचण्डले मधेस प्रदेशका नेता, कार्यकर्तालाई बेग्लाबेग्लै भेट्ने कार्यक्रमसमेत रहेको केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिए ।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट सहभागी अगुवा नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्ड र उनको साथमा आउने नेता नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

नेताद्वय प्रचण्ड र श्रेष्ठले पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गरेपछि प्रशिक्षण, भेटघाट कार्यक्रममा सहभागी बन्ने केन्द्रीय सदस्य राजु खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्