समाचार

माओवादीका नेता लक्ष्मी चौलागाई (सैलेन्द्र) द्वारा ३३५ घरधुरीलाई सोलार वितरण

७ चैत्र २०७८, सोमबार १३:४२
माओवादीका नेता लक्ष्मी चौलागाई (सैलेन्द्र) द्वारा ३३५ घरधुरीलाई सोलार वितरण

७ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कालिकोटका प्रभावशालि तथा युवा नेता लक्ष्मी चौलागाई (सैलेन्द्र) द्वारा ३३५ घरधुरीलाई सोलार वितरण कार्यक्रम सम्पन्न गरेका छन्।

May be an image of 1 person, standing, walking, tree and mountain

photo: लक्ष्मी प्रसाद चौलागाईं (सैलेन्द्र)

कालिकोटको तिलागुफा नगरपालिका वडा न ३ मा ३३५ घरधुरीलाई माओवादी केन्द्रद्वारा सोलार वितरण गरिएको छ । सोलार वितरण क्रममा नेता सैलेन्द्रले भने’ कालिकोटमा कोहि अन्धकार बस्नु पर्दै । आफु सत्तामा भए पनि नभए पनि आफ्ना जनतालाई कहिल्यै स्वास्थ्य, शिक्षा, संचार, बिधुतबाट कसैलाई बन्चित हुन नदिने बताए ।

सैलेन्द्र पछिल्लो समय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको जनयुद्धका क्रममा उच्च योगदान गर्ने सहिद, घाइते, बेपत्ता तथा राज्यद्वारा यातना पाएका पिडितको मलाम भएका छन् ।

२०६५ साल पछि कालिकोटमा लगातार पहिलो पार्टीं भइरहेको माओवादी । पहिलो पार्टीनै रहनेछ । यहाँका जनताको पिर मर्का बुझ्ने एक मात्र पार्टी हो माओवादी । दमित वर्ग, महिला हिँसा लगायत सामाजिक विभेदको अन्ते गर्ने पार्टीनै माओवादी हो । जनतालाई सर्वपरी मान्दै आफ्ना कमि कमजोरी आत्मसात गर्दै अघि बढ्ने नेता चौलागाईले बताए ।

पछिल्लो समय शैलेन्द्र गाउँपालिका देखि केन्द्रसम्म राजनीतिमा राम्रो छबि बनाएका युवा नेता हुन् । प्रभावशालि नेता चौलागाईं माओवादी केन्द्रले जनयुद्धको अवस्था देखि बर्तमान स्थिति सम्मको बलिदान र अहोरात्र खटाइ देश र जनताको लागि परेका छन् ।

शैलेन्द्र विगत ३ दशक यता माओवादी सक्रिय रहेका छन् । उनी  कालिकोट जिल्ला समन्वय समिति, पार्टी इन्चार्ज र प्रदेशका सदस्य समेत हुन् । उनले विगत ४ दशक यता कर्णालीका युवा र आशालाग्दा नेताको रुपमा पनि हेर्ने गरिन्छ । शैलेन्द्र गाउँपालिका देखि केन्द्र सम्म राजनीति राम्रो छबि बनाएका युवा नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्