समाचार

कालिकोटका बालक सत्यको अद्भूत कला

७ चैत्र २०७८, सोमबार ०९:०३
कालिकोटका बालक सत्यको अद्भूत कला

कालिकोट। पछिल्लो समय हस्त कला लोपोन्मुख हुँदै गएको छ । पहिला पहिला हाम्रा पुर्खाले हस्त कलामा निकै आकर्षण हुन्थे । तर नयाँ नयाँ टेक्नोलोजीको विकासको कारण हस्त कला लोपोन्मुख हुँदै गएको छ ।

तर कैयौं युवालाई बिभिन्न संघ सस्थाले घरायसी तालिम दिइरहेको छ ।  तर अहिलेसम्म उनले कुनै संघ सस्थाबाट तालिम लिएका भने छैन । तर पनि यस्तो अद्भूत कलाले गर्दा सबैलाई चकित पारेको छन्।

photo: बुद्धि प्रसाद आचार्य

यस्तै कालिकोटमा बहुप्रतीभासाली बालक हुन्-सत्य बि.क । उनी खाँडाचक्र नगरपालिका वडा नम्बर  ४ चिउरेलामा बस्छन । उनी निम्न वर्ग परिवारमा हुर्केका बालक हुन् । उमेरले सत्य १० बर्ष भएता पनि कलाले गर्दा सबैलाई अचम्मित गर्दिएका छन् । उनीसंग प्रतिभा छ तर देखाउने अवसर नभएका कारण अहिलेसम्म  प्रतिभा आफु भित्रै लुकाएर राखेका थिए।

photo: बुद्धि प्रसाद आचार्य

भौगोलिक कारणले गर्दा सत्यले आफ्नो प्रतिभा विस्फोट गर्न पाएका थिएँ । उनी पढाई भन्दा पनि हस्त कलामा धेरै चासो राख्छन ।  हुने बुरुवाको चिल्लो पात भने झैँ उनी सानै देखि घरायसी कागजका टुत्रा बटुली अद्भूत बस्तु बनाउने गर्थे ।

चैत ६ गते कोरोना कोरोना विरुद्धको खोप नलगाएका बालबालिकाको अनुसन्धान गर्ने क्रममा सत्य बि.कको अद्भूत कलालाई देखेर स्वास्थ्यकर्मी बुद्धि प्रसाद आचार्यले आफ्नो फेसबुकमा पोस्ट गरेका छन् ।

आचार्यले आफ्नो फेसबुकमा सत्यले बनाएको कागजको मन्दिर र कमलको फुलको बनाएको अद्भूत कलालाई सामाजिक संजालमा राखेका छन् ।

उनले यो भन्दा चमत्कार दृश्य पनि बनाएका छन् । तर उनले आफ्नो कला कतै विस्फोट गर्ने अवसर भने पाएका थिएन् । उनले काठको हल्लो, ढुंगाको मूर्तिहरू, कागजको घर लगायतका चिज बनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्