समाचार

प्रचण्डलाई माधवकुमार नेपालको प्रस्ताव, कांग्रेसलाई छोडेर गठबन्धनको तयारी गरौँ

७ चैत्र २०७८, सोमबार ०७:५१
प्रचण्डलाई माधवकुमार नेपालको प्रस्ताव,  कांग्रेसलाई छोडेर गठबन्धनको तयारी गरौँ

७ चैत, काठमाडौँ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने सम्बन्धमा ठोस निर्णय भएको छैन।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन सम्पर्क गरी कांग्रेसको निर्णय नकुर्न र चुनावी तालमेलको तयारी थाल्न प्रस्ताव गरेका हुन् ।

प्रचण्डले कांग्रेसभित्र चुनावी तालमेलबारे विवाद रहेको अवस्थामा आफ्नो तर्फको तयारी रोक्न नहुने बताएका हुन् । प्रचण्डले गरेको प्रस्तावबारे नेकपा एसका अध्यक्ष नेपालले आफूनिकट नेता कार्यकर्ताहरूसँग परामर्श गरेका छन् ।

कांग्रेसको शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष गठबन्धन गर्नुपर्ने पक्षमा छ भने शेखर कोइराला खेमा गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने अडानमा छ। अध्यक्ष नेपालले भने, ‘गठबन्धनका सम्बन्धमा कुराकानी भइरहेको छ। शेरबहादुरजीले मलाई यसबारे आज छलफल गरौँ पनि भन्नु भएको छ। रामचन्द्रजी पनि मिलेर जानुपर्ने पक्षमा हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्