समाचार

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

७ चैत्र २०७८, सोमबार ०६:३४
आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

७ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ सोमबार ३ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ  । आइतबार प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्