समाचार

एमालेले पार्टी कोहिसंग स्थानीय चुनावमा गठबन्धन गर्दैन : विशाल भट्टराई

७ चैत्र २०७८, सोमबार ०६:१९
एमालेले पार्टी कोहिसंग स्थानीय चुनावमा गठबन्धन गर्दैन : विशाल भट्टराई

७ चैत, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेले कुनै पार्टीसँग पनि तालमेल नगर्ने बताएका छन् ।

पोलिटब्युरो बैठकअघि पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । ‘एमाले एकदम स्पष्ट छ । हाम्रो पार्टीले यो स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन । एमाले एक्लै लड्छ,’ भट्टराईले भने ।

उनले आजको पोलिटब्युरोको बैठक आउँदो केन्द्रीय समितिको बैठकको तयारी तथा स्थानीय तहको चुनाव केन्द्रित हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्