राजनीति

कसैको वैशाखी टेकेर चुनाव लड्दैनौँ, एक नम्बर पार्टी बन्छौँ : प्रचण्ड

६ चैत्र २०७८, आईतवार ०३:३७
कसैको वैशाखी टेकेर चुनाव लड्दैनौँ, एक नम्बर पार्टी बन्छौँ : प्रचण्ड

६ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल हुने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न पोखरा पुगेका प्रचण्डले गठबन्धन संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गरिएकाले देशको परिवर्तन गर्नका लागि पार्टीका मुल नेतृत्व र संस्थापन पक्षसँग आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको बताएका हुन् ।

पोखरामा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो।’

कार्यक्रममा बोल्दै प्रचण्डले एमसीसी गहन अध्ययन र छलफलपछि मात्रै पास गरिएको पनि बताए । उनले भने,‘एमसीसीको विषयमा गहन अध्ययन गर्नुपर्ने भएकाले झलनाथ खनालको नेतृत्वमा संसोधन गरेर अगाडि बढ्न सकिन्छ भन्ने छलफलपछि नै एमसीसी पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस्