समाचार

आज हल्का वर्षाको सम्भावना

६ चैत्र २०७८, आईतवार ०३:०७
आज हल्का वर्षाको सम्भावना

६ चैत काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसकारण आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेकाे छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भू–भागमा पनि आंशिक बदली रहने छ ।

अन्य भू–भागमा पनि आंशिक बदली रहने छ । पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा सम्भावना पनि छ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ । राति पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्