मनोरञ्जन

प्रकाश सपुतले सच्याए ‘पीर’को दृश्य, थप राजनीतिकरण र अतिरञ्जित नगरौँ है

५ चैत्र २०७८, शनिबार १५:०९
प्रकाश सपुतले सच्याए ‘पीर’को दृश्य, थप राजनीतिकरण र अतिरञ्जित नगरौँ है

५ चैत, काठमाडौं: कलाकार प्रकाश सपुतले ‘पीर’ म्यूजिक भिडियोको विवादास्पद दृश्य हटाएर भिडियो पुनः यूटयुबमा अपलोड गरेका छन् ।

एक सातामै करोड बढी भ्युज पुगेको पुरानो भिडियोलाई भने उनले युट्युबबाट हटाएका छन्।  शनिबार पौने ६ बजे साँझतिर पुनः अपलोड गरिएको गीतबाट माओवादीकी पूर्व लडाकुले देहव्यापार गर्न बाध्य भएको दृश्य हटाइएको छ ।

माओवादीबाट आपत्ति व्यक्त भएको मुख्य दृश्य हटाएर गीतका अरू दृश्य तथा शब्द भने यथावत राखेर पुनः अपलोड गरिएको हो । भिडियोबाट यौनकर्मीको दृश्य हटाएका हुन् ।

गत साता सार्वजनिक भएको यो गीत निकै चर्चामा रहेको छ । नयाँ भिडियो राखेपछि उनले भनेका छन्, ‘भयो अब, पुग्यो !’ उनले नयाँ भिडियोमा ‘दृश्य सम्पादनपछि’ भनी उल्लेख गरेका छन् ।

हेर्नुहोस भिडियो 

प्रतिक्रिया दिनुहोस्